२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सार्वजनिक, कर्पोरेट ग्राहकलाई एउटै प्लेटफर्ममा सबै बैंकिङ सुविधा

आइतवार , मंसिर ७, २०८२

काठमाडौं । अब कर्पोरेट ग्राहकले खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट लिन, फण्ड ट्रान्सफर गर्न, ईएमआई तिर्न वा तलब भुक्तानी गर्न फरक–फरक प्लेटफर्ममा जानुपर्ने झन्झट हट्दैछ ।

नेपाली प्रविधि कम्पनी गोक्यो ल्याब्सले यस्ता सबै सेवा एउटै स्थानबाट गर्न मिल्ने गरी ओपन बैंकिङ अवधारणामा आधारित ‘र्‍यापिड (RAPID)’ नामक एपीआई बैंकिङ प्लेटफर्म सार्वजनिक गरेको छ।

यसअघि कर्पोरेट ग्राहकहरूले यी कार्यका लागि विभिन्न बैंक र सफ्टवेयर प्लेटफर्म प्रयोग गर्नुपर्थ्यो, जसले समय र स्रोत दुबै खर्चिलो थियो । तर अब बैंक तथा वित्तीय संस्थाले आफ्नो प्रणालीमा ‘र्‍यापिड’ एकीकृत गरेपछि प्रयोगकर्ताले आफ्नै सफ्टवेयर वा ईआरपी प्रणालीबाट एउटै प्लेटफर्म प्रयोग गरेर सबै बैंकिङ कार्य गर्न सक्नेछन् ।

सुरुआती चरणमा ग्लोबल आईएमई बैंकमा खाता रहेका टिग (Tigg) अकाउन्टिङ सफ्टवेयरका प्रयोगकर्ताले र्‍यापिडको सुविधा पाउनेछन् । प्रयोगकर्ताले ‘Connect with API Banking’ मा गएर आफ्नो बैंक खाता लिंक गर्न सक्नेछन् ।

र्‍यापिडले कर्पोरेट बैंकिङ सेवाको प्रवाहमा ठूलो रूपान्तरण ल्याउने गोक्यो ल्याब्सका बिजनेस प्रमुख अशितोष साहले बताए ।

नयाँ प्रणालीले वित्तीय कामकाजलाई डिजिटल रूपमा एकीकृत गर्दै व्यवसायहरूको समय, लागत र अपरेशनल झन्झट उल्लेखनीय रूपमा घटाउनेछ ।

‘सुरूवातमा यो सुविधा ग्लोबल आईएमई बैंकमा लाइभ भएको छ। अब हामी छिट्टै अन्य प्रमुख बैंकहरू र विभिन्न सफ्टवेयर प्रदायकहरूसँग सहकार्य विस्तार गर्दैछौँ,’ साहले भने।

अहिले ग्लाेबल आईएमई बैंकबाट बैंक ब्यालेन्स र बैंक स्टेटमेन्ट सुविधा लाइभ भएकाे छ । बाँकी सुविधाहरू पनि विस्तारै उपलब्ध हुनेछन् ।

र्‍यापिडको विस्तारसँगै नेपालको एपीआई बैंकिङ इकोसिस्टमले एकीकृत, सहज र सुरक्षित डिजिटल लेनदेनको नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको साहको भनाइ छ ।

ग्राहकले सेवा प्रयोग गर्नका लागि बैंकमा गएर एक पटक मात्र मोबाइल बैंकिङ जस्तै फाराम भर्नुपर्नेछ। त्यसपछि सबै कार्य अनलाइनबाटै गर्न सकिनेछ । र्‍यापिडले ग्राहकको अनुमति (consent) प्रक्रियालाई पनि डिजिटल बनाएको छ, जसले थप सहजता र पारदर्शिता थप्ने छ ।

सुरक्षाका दृष्टिले र्‍यापिडमा एण्ड–टु–एण्ड इन्क्रिप्सन, मल्टिलेयर भेरिफिकेशन र अत्याधुनिक सुरक्षा प्रोटोकल प्रयोग गरिएको कम्पनीले जनाएको छ । यसले सबै प्रकारका ट्रान्जेक्सनलाई सुरक्षित बनाउनेछ ।

यस बाहेक ‘र्‍यापिड’ले एपीआई बैंकिङ अवधारणालाई सुलभ बनाउँदै साना, मझौला तथा ठूला व्यवसायका लागि समान पहुँच प्रदान गर्ने लक्ष्य राखेको छ ।

र्‍यापिड प्लेटफर्मले बैंकिङ एज ए सर्भिस (BaaS) मोडललाई अघि बढाउने र बैंक, फिनटेक र डिजिटल सेवा प्रदायकबीच सहकार्यलाई नयाँ स्तरमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ