२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनपिएल दोस्रो संस्करण: ओटिटि प्रसारण अधिकार डिशहोमलाई मात्र, ‘डिशहोम गो’ एप मार्फत हेर्न सकिने

सोमवार , मंसिर ८, २०८२

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको नेपाल प्रिमियर लिगको दोस्रो संस्करण ओभर दटप (ओटिटि) प्रसारण सम्बन्धी सार्वजनिक सूचना जारी गरेको छ।

क्यानका अनुसार, नेपाल प्रिमियर लिगको भारत बाहेक अन्य देशमा ओटिटि प्रसारण अधिकार डिश होम मिडिया नेटवर्क लिमिटेडसंग रहेको छ। खेलहरु हेर्नका लागि दर्शकहरूले डिसहोम गो एप डाउनलोड गर्नुपर्नेछ।

सूचनामा भनिएको छ ओटिटि सेवा प्रदायक संस्था डिश मिडिया नेटवर्क लिमिटेडलाई मात्र नेपाल प्रिमियर लिग अन्तर्गतका खेलहरुको डिजिटल प्रसारण अधिकार प्राप्त छ। डिशहोम गो एप बाहेकका अन्य डिजिटल प्लेटफर्म युट्युब, फेसबुक, इन्स्टाग्राम, टीकटक, टेलिग्राम वा अन्य वेबसाइट वा एपबाट प्रसारण गर्नु अनधिकृत र गैरकानूनी हुने जनाइएको छ।

क्यान र डिश मिडिया नेटवर्कले दर्शक, विज्ञापनदाता, मिडिया साझेदार तथा अन्य सरोकारवालाहरुलाई आधिकारिक प्लेटफर्ममार्फतै खेल हेर्न अनुरोध गरेका छन्। अनधिकृत लिंक वा साइटमार्फत खेल हेर्ने प्रयासले साइबर अपराधमा पर्न सक्ने खतरा रहेको चेतावनी समेत दिइएको छ।

साथै, नेपाल प्रिमियर लिगका खेलहरु अनधिकृत प्रसारण भएको सूचना प्राप्त भएमा क्यान वा डिशहोम लाई तत्काल जानकारी गराउन सुझाव दिइएको छ। गैरकानूनी प्रसारण वा वितरण प्रचलित कानून अनुसार दण्डनीय हुने पनि सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट