२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई विदाई

शुक्रवार , मंसिर १२, २०८२

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई विदाई गरेको छ ।

४ वर्षे कार्यकाल सम्पन्न भएपछि शुक्रबार परिषद्ले परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई विदाई गरेको हो । त्यस्तै ४ वर्षे कार्यकाल पुरा गरेका राखेप बोर्ड सदस्यहरुलाई समेत विदाई गरिएको थियो ।

विदाई कार्यक्रममा घिसिङले आफ्नो कार्यकालमा खेल र खेलाडीको बिकासका लागि विधि प्रक्रिया अनुसार काम गरेको भन्दै बाहिर रहदा समेत आफ्नो सहयोग जारी रहने बताए । आफुलाई जिम्मेवारी पूरा गर्ने क्रममा सबै कर्मचारी लगाएतका सरोकारवालाहरुबाट सहयोग पाएकाले सफलतापूर्वक आफु विदा हुन पाएको उनले बताए । उनले नेपाली खेल क्षेत्रलाई अझ उचो बनाउन आफुले सक्दो भूमिका खेलेको धारणा राखे ।

त्यस्तै, कार्यक्रममा मिसन– २०२६ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका खेलाडीलाई किट्स वितरण समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार