२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

नार्कका ११ कर्मचारी सम्पर्कविहीन, अध्ययन बिदामा गएका ७ वैज्ञानिक पुनः काममा फर्केनन्

आइतवार , मंसिर १४, २०८२

काठमाडौं। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का ७ वैज्ञानिकसहित ११ कर्मचारी लामो समयदेखि सम्पर्कविहीन बनेपछि परिषद्ले सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको छ।

अध्ययन बिदा लिएर विदेश गएका वैज्ञानिक अच्युत मिश्र, नविन कुमार दंगाल, होमन रेग्मी, संजिव गौतम, देवराज चालिसे, प्रतिष्ठा अधिकारी र दिनेश बाबु थापामगर बिदापछि तोकिएको समयमा हाजिर नहुँदा उनीहरू ‘अनुपस्थित’ श्रेणीमा परेका छन्।

यस्तै, डा. सुमन कार्की, उज्ज्वल सुवेदी, अतित पराजुली र अस्मिता श्रेष्ठको पनि बिदा अवधि सकिएपछि कार्यालय नफर्केका कारण सम्पर्कविहीन सूचीमा रहेका नार्कले जनाएको छ।

परिषदका अनुसार, उनीहरूले अध्ययन बिदामा जानुअघि बिदा सकिएपछि हाजिर हुने कबुलियतनामा बुझाएका थिए। तर, सो कबुलियतनामाको सर्त उल्लंघन गर्दै कार्यालयमा नआएपछि नार्कले सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र अनिवार्य उपस्थित हुन आग्रह गरेको हो।

परिषद्ले प्रकाशित सूचनामा कर्मचारी प्रशासन विनियम, २०४९ को विनियम ४० (२)(क) अनुसार उनीहरूको नोकरी टुटेको मान्दै किन सेवाबाट छुट्ट्याइनु नपर्ने भन्ने स्पष्टीकरण मागिएको उल्लेख छ।

सात दिनभित्र उपस्थित नहुँदा उनीहरूको सेवा स्वतः समाप्त हुने प्रक्रिया अघि बढ्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट