२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

एड क्लबको ‘एक एड देशमा’ मह जोडीको जीवन–अनुभव साझेदारी

आइतवार , मंसिर १४, २०८२

काठमाडौँ । प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) को सहभागितामा बिज्ञापन ब्यवसायमासँग सम्वन्धित रहेक ब्यक्तिहरुको क्लब ‘एड क्लब अफ नेपाल’ले ‘एक एड देशमा’ कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा मह जोडीले आफ्नो कला–यात्राका विविध चरण, करियरका उतार–चढाव र प्रारम्भिक दिनका तीतामिठा स्मृतिहरू खुलाएर सुनाएका थिए । सामाजिक विज्ञापनबाट सुरु भएको उनीहरूको यात्राले कसरी व्यवसायिक विज्ञापन क्षेत्रमा समेत नयाँ उचाइ हासिल गऱ्यो भन्ने विषयमा पनि उनीहरूले आआफ्नो अनुभव बताए । कामका सिलसिलामा देश–विदेशमा पुगेका रोचक प्रसंगहरू पनि उनीहरूले साझा गरे ।

विज्ञापन तथा बजार व्यवस्थापन क्षेत्रमा काम गरिरहेका व्यक्तित्वहरुबीच भेटघाट र चिनजान हुनुको साथै र ज्ञान–अनुभव आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजनक एड क्लब अफ नेपालले बताएको छ ।

बजारमा कुनै पनि कम्पनीका ब्रान्ड एम्बासडरहरू छोटो अवधि देखिनु सामान्य हो । तर, मह जोडी भने पछिल्लो १४ वर्षदेखि सानिमा बैंकका स्थायी ब्रान्ड एम्बासडरका रूपमा निरन्तर सक्रिय छन्। विज्ञापन क्षेत्रमा उनीहरूको लामो यात्रालाई उदाहरणीय मानिएको छ।

मह जोडीले हास्यकला मात्र होइन, विज्ञापन र बजार व्यवस्थापनको क्षेत्रमै पनि जीवनको ठूलो समय समर्पण गरेको भन्दै कार्यक्रममा सहभागी भएकाले बताएका छन् ।

कार्यक्रममा श्रव्यदृश्य विज्ञापन निर्माणतर्फ उल्लेखनीय योगदान पुऱ्याएको भन्दै जि२१ प्रोडक्सन, ज्याज प्रोडक्सन र ग्लिटर्स स्टुडियो एण्ड प्रोडक्सनलाई विशेष सम्मान पत्र प्रदान गरिएको थियो। साथै, एड क्लब अफ नेपालले टाउनहल शैलीमा सञ्चालन गरेको कार्यक्रममा मह जोडीसँगै विज्ञापन तथा बजार व्यवस्थापनमा संलग्न अन्य व्यक्तित्वहरूले पनि आफ्ना अनुभव सुनाएका थिए ।

विज्ञापन तथा बजार व्यवस्थापनको विषय चर्चा गर्न एड क्लब अफ नेपालले आयोजना गर्ने कार्यक्रममाको यो संकरणमा कार्यक्रममा सानिमा बैंक प्रमुख प्रायोजक रहेको थियो । यसैगरी कान्तिपुर म्याक्स, गोर्खा बियर र श्लोक हिमालयन प्रिमियर ह्विस्की साझेदारका रूपमा सहभागी थिए।

यो संकरणमा विषेश अतिथिको रुपमा मह जोडी आएजस्तो पहिलो संकरणमा रोविन लामा र दोस्रो संकरणमा पारस खड्काको उपस्थिति रहेको थियो । र आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको एड क्लब अफ नेपालले जनाएको छ ।

कार्यक्रममा एड क्लब अफ नेपालका गभर्नर विधान राजभण्डारीले सञ्चालन गरेका थिए। यसबका साथै जोइन्ट गभर्नर विशाल पुरुष ढकाल र दीपेन्द्र टण्डन सह–आयोजक थिए भने कार्यकारी समिति सदस्य आश्रा भट्टराई, अनुपम अधिकारी, विकास खतिवडा तथा संयुक्त कोषाध्यक्ष अरुणकाजी स्थापितले कार्यक्रम सफल बनाउन सहयोग गरेका थिए।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट