२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

भेटायो र हिमालयन एभरेस्ट इन्स्योरेन्सबीच सहकार्य: सेवा प्रदायकहरूको लागि दुर्घटना बीमा कवरेज उपलब्ध

आइतवार , मंसिर १४, २०८२

काठमाडौं । नेपालको अग्रणी होम-आधारित सेवा प्लेटफर्म भेटायो इंक प्रा. लि. ले आफ्ना विशेषज्ञ फ्रील्यान्स सेवा प्रदायकहरूको सुरक्षा र हितको लागि महत्वपूर्ण कदम उठाउँदै हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेड (HEI) सँग साझेदारी गरेको छ।

हिमालयन एभरेस्ट इन्स्योरेन्स नेपालको विश्वसनीय गैर-जीवन बीमा कम्पनीमध्ये एक हो । जसले भरपर्दो र व्यापक बीमा समाधान प्रदान गर्दै आएको छ।

यस साझेदारीमार्फत, भेटायोले आफ्नो एपमार्फत काम गर्ने सबै सेवा प्रदायकहरूको लागि दुर्घटना बीमा कवरेज सुरु गरेको छ। यस पहलले ग्राहकलाई सेवा प्रदान गर्न जाने हरेक पेशेवरलाई अतिरिक्त सुरक्षा प्रदान गर्नेछ र भेटायोको आफ्नो कार्यबलप्रतिको प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ भन्ने कम्पनीले विस्वास लिएको छ।

भेटायोले आफ्नो सेवा विस्तारको लक्ष्यको पछाडी महत्त्वपूर्ण रुपमा रहेका सेवा प्रदायकलाई केन्दमा राखेको छ। दुर्घटना बीमा उपलब्ध गराएर आफ्ना प्रदायकहरू सुरक्षित रहुन् र आफ्नो करियर विकास गर्न उत्साहित रहुन् भन्ने चाहाना रहेको भेटायोका सह-संस्थापक, रोचनमान महर्जनले उल्लेख गरे।

यो सहकार्यले भेटायोका सेवा प्रदायकहरूको आत्मविश्वास मात्र बढाउँदैन, नेपालमा सेवा उद्योगमा नयाँ मापदण्ड समेत तय गरेकाे कम्पनीले जनाएकाे छ । जहाँ कामदारको सुरक्षा, सम्मान र कल्याणलाई प्राथमिकता दिइने छ। भेटायोले हिमालयन एभरेस्ट इन्स्योरेन्सलाई यसको समर्थन र पहल सफल बनाउन योगदान पुर्‍याएकोमा हार्दिक कृतज्ञता व्यक्त गरेकाे छ।

दुवै संस्थाको लक्ष्य नेपालमा विश्वासिलो, जिम्मेवार, र आम मानिस-केन्द्रित सेवाको वातावरण निर्माण गर्नु हो।

भेटायो एप मार्फत ग्राहकहरूले १५ भन्दा बढी सेवाहरू प्राप्त गर्न सक्छन् । जस्तै: प्लम्बिङ, ईलेक्ट्रिकल, पेष्ट कन्ट्रोल, घर सरसफाइ, र अन्य धेरै विश्वसनीय, छिटो र पारदर्शी सेवाहरू।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ