logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • ह्यारी र मेघनलाई पुत्रीलाभ, ‘लिली’ राखे नाम

    ह्यारी र मेघनलाई पुत्रीलाभ, ‘लिली’ राखे नाम

    4.8K
    Shares

    एजेन्सी । बेलायती राजपदवी छोडेर अमेरिकामा बस्दै आएका पूर्वराजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्कललाई पुत्रीलाभ भएको छ। मार्कलले शुक्रबार क्यालिफोर्नियाको अस्पतालमा छोरीलाई जन्म दिएकी हुन्। यो खुशीको खबर उनीहरुले आफ्नो वेबसाइटमार्फत दिएका हुन् । 

    आमा र बच्चा दुबैको स्वास्थ्य सामान्य रहेको जनाइएको छ। मेघनले यसअघि पहिलो सन्तानका रूपमा छोरालाई जन्म दिएकी थिइन्। उनको नाम आर्ची राखिएको छ। उनीहरुले छोरीलाई ‘लिली’ नाम दिएका छन् । यो उनीहरुको जिजु हजुरआमाको उपनाम हो। 

    ह्यारी र मेघनलाई पुत्रीलाभ भएपछि बेलायतबाट उनीहरूलाई बधाईको ओइरो लागेको छ। बकिङहम राजदरबारका प्रवक्ताले लिली जन्मिएको खबरले महारानीसहित राजपरिवारका सबै सदस्य खुसी भएको प्रतिक्रिया दिएका छन्। 
    ह्यारी र मेघनले सन् २०१८ मा विहे गरेका थिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend