२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

पत्रकारिता क्षेत्रको गुणस्तर तथा व्यावसायिकता अभिवृद्धि गर्न ‘गोरखापत्र एकेडेमी’ सञ्चालन हुने

आइतवार , मंसिर १४, २०८२

काठमाडौं । गोरखापत्र संस्थानले पत्रकारिता क्षेत्रको गुणस्तर तथा व्यावसायिकता अभिवृद्धि गर्न ‘गोरखापत्र एकेडेमी’ सञ्चालन गर्ने भएको छ ।

संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीका अनुसार पत्रकारिता क्षेत्रका लागि आवश्यक पर्ने जनशक्ति विकास, समसामयिक विषयमा अध्ययन अनुसन्धान, तालिम, पुस्तक, जर्नल प्रकाशनलगायतका कार्य गर्न संस्थानले एकेडेमी सञ्चालनको निर्णय गरेको हो ।

गोरखापत्र संस्थान ऐन, २०१९ को दफा १७ (६) ले संस्थानको काम कर्तव्य र अधिकार तोकेको छ ।

संस्थानका अनुसार महाप्रबन्धक ऐरीको अवधारणाअनुसार नै सोही दफाले तोकेको सीमाभित्र रहेर एकेडेमी सञ्चालन गर्ने निर्णय भएको हो ।

त्यस्तै, यस बैठकले गोरखापत्र एकेडेमी सञ्चालन सम्बन्धी कार्यविधि, २०८२ समेत स्वीकृत गरेको छ । कार्यविधि अनुसार एकेडेमीले संस्थानका प्रकाशनको गुणस्तर सुधार तथा जनशक्तिको व्यावसायिक क्षमता विकासका कार्य गर्नेछ ।

त्यस्तै, कार्यविधि अनुसार पत्रकारिताको व्यावसायिक विकासका लागि मिडिया तथा डिजिटल साक्षरता अभिवृद्धि गर्ने, गोरखापत्र संस्थानको आम्दानी अभिवृद्धि गर्न दिगो स्रोत पहिचान गर्ने, सरकारको नीति तथा कार्यक्रम र संवैधानिक निकायका काम कर्तव्य पूरा गर्ने सिलसिलामा उक्त निकायको सहमति र आर्थिक सहभागितामा तालिम सञ्चालन गर्ने लगायतका कार्य गर्नेछ ।

उक्त एकेडेमीमार्फत पत्रकारिताको विस्तारित आयामहरूमा समग्र सञ्चारकर्मीको क्षमता विकास, पाठ्यक्रममा आधारित तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने संस्थानका महाप्रबन्धक ऐरीले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट