२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

जनताको भावना अनुसार काम गर्न प्रदेश सरकार दृढ छ : मुख्यमन्त्री कार्की

सोमवार , मंसिर १५, २०८२

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जनताको भावना र चाहना अनुसार काम गर्न प्रदेश सरकार दृढ रहेको बताएका छन् ।

सोमबार उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरमा नवनिर्मित ब्याडमिन्टन कवडहलको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार सके सम्म जनभावना अनुसार काम गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले सिमित स्रोत साधनका बावजुद जनताका असंख्य आवश्यकता पुरा गर्नु पर्ने बाध्यता प्रदेश र स्थानीय तहमा रहेको भएपनि आफुहरु दृढताका साथ जनभावना र जनचाहनालाई सम्बोधन गर्न लागिपरेको बताए ।

थोरै बजेटले धेरै काम गर्ने बाध्यताले गर्दा कोशी प्रदेश भित्र धेरै योजना अलपत्र परेकोले यसलाई अबको दिनमा सच्याउँदै अघि बढ्ने समेत मुख्यमन्त्री कार्कीले बताए ।

कोशी प्रदेश सरकारले २०७५ सालमा पहिलो पटक बजेट निर्माण गर्दा ४६ अर्बको बजेट बनाएको स्मरण गर्दै मुख्यमन्त्री कार्कीले तत्कालिन समयको माग र अहिलेको मागको तुलनामा अहिले जनताको माग धेरै भएको बेला प्रदेश सरकार बजेट घटेर ३६ अर्बमा सिमित हुँदा पनि कतिपय कामहरु सरकारले चाहेर पनि गर्न नसको बताए ।

उनले दिन प्रतिदिन जनताको आवश्यकता, बाटोघाटोको माग दिनप्रतिदिन बढ्दै गएको बेला देशको अर्थतन्त्रनै शिथिल भएर राज्यमा बजेटको आकार घट्दो क्रममा रहेकोले गर्दा समयमा जनताका माग पूरा नभएको पनि आफुहरु गम्भीर रहेको समेत बताए । मुख्यमन्त्री कार्कीले पहिला पहिला भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा होस् वा अन्य क्षेत्रमा होस राज्यले कनिका छरेजस्तो गरि बजेट विनियोजन गर्ने क्रमको अन्य गर्दै अब कोशी सरकारले प्राथमिकताका आधारमा बजेट विनियोजन गर्दै जनचाहना र जनभावनाको सम्बोधन हुनेगरी काम गर्ने बताए ।

कोशी प्रदेश सरकारले २०७६/०७७ सालमा ५ लाख र नगरपालिकाको १० लाख रकम बिनियोजन गरेर निर्माण सुरु गरिएको सुन्दरपुर ब्याडमिन्टन कवडहलको गत बर्ष चौदण्डीगढी नगरपालिकाले ३२ लाख ८५ हजार रकम विनियोजन गरेर निर्माण सम्पन्न गरेको हो । उक्त नवनिर्मित सुन्दरपुर ब्याडमिन्टन कवडहलको मुख्यमन्त्री कार्कीले सोमबार उद्घाटन गरेका हुन । सोही हलमा यही मंसिर २० गतेबाट आयोजना हुने कोशी प्रदेश स्तरीय उपमेयर कप ब्याडमिन्टन प्रतियोगिताको समेत सोमबारै मुख्यमन्त्री कार्कीले उद्घाटन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट