२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

एकै दिन देशभर १७ स्थानमा आगलागी, ८२ लाख बढीको क्षति

बुधवार , मंसिर १७, २०८२

काठमाडौं । सुक्खायाम सुरु भएसँगै देशभर आगलागीका घटना हुन थालेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा यही मंसिर १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभर २० वटा विपदमा घटना रेकर्ड गरिएकोमा १७ वटा आगलागीका मात्रै घटना थिए ।

बाँकी रहेका तीन वटा घटनामा मुस्ताङमा लेक लागेको, महोत्तरीमा सर्पदंश र पर्सामा जनावर आक्रमण रहेका थिए ।

सिरहामा तीन, भोजपुरमा दुई, पाँचथर, मोरङ, उदयपुर, सप्तरी, रौतहट, बारा, पर्सा, ललितपुर,कास्की, कपिलवस्तु, गुल्मी, बाँकेमा आगलागीका घटना भएका थिए । अधिकांश आगलागीका घटना असावधानीका कारण भएको छ । प्राधिकरणका अनुसार आगलागीका कारण ८२ लाख ९१ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

गाइगोठमा खोले पकाउँदा, सुँगुरलाई चारो तताउँदा, ग्यास चुल्हो बालेर आगो ताप्दा, विद्युत्को तार सर्ट हुँदा आगलागी भएको पाइएको छ । यस्तै अचानक विद्युतीय सवारी साधनमा आगलागी भएको घटना पनि प्राधिकरणमा दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट