२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

चितवनको स्मल हेभन स्कुलमा अन्तरविद्यालय एथलेटिक्स मिट सुरु, ३२ विद्यालय सहभागी

बुधवार , मंसिर १७, २०८२

चितवन । चितवनको स्मल हेभन स्कुल कल्याणपुरमा आज बुधबारदेखि अन्तर विद्यालय एथलेटिक्स मिट सुरु भएको छ ।

जिल्लाका ३२ वटा नीजि विद्यालय सहभागी भएको एथलेटिक्स मिटको कार्यक्रमका प्रमुख अतिथि ओलम्पिक एथलेटिक्स खेलाडी बैकुण्ठ मानन्धरले उद्घाटन गरे । तीन दिनसम्म चल्ने एथलेटिक्स मिटको उद्घाटन सत्रलाई सम्बोधन गर्दै किर्तिमानी खेलाडी मानन्धरले विद्यालयस्तरमा नै खेलकुदको विकास गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सकिने बताए ।

‘विद्यालय नै हरेक खेलकुदको राष्ट्रिय प्रतिभा जन्माउने मन्दिरहरु हुन, विद्यालयले शिक्षाका अलवा खेलकुदलाई पनि प्राथमिकतामा राखे शशक्त खेलाडी जन्माउन सकिन्छ’ मानन्धनरले भने, ‘सरकारी तथा नीजि दुबै स्तरका विद्यालयले खेलकुदलाई प्राथमिकतामा राख्नुपर्छ, विद्यार्थी काँचो माटो भएकोले उनीहरूको रूची र क्षमताको पहिचान विद्यालयस्तरमा नै हुन्छ ।’

स्मल हेभन स्कुल कल्याणपुरका प्रिन्सिपल रामचन्द्र न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष दामोदर सुवेदी, जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष राजन कार्की, भरतपुर महानगरपालिका वडा नं. ५ का वडाध्यक्ष युद्धप्रसाद श्रेष्ठ, मेट्रो प्याब्सन भरतपुरका अध्यक्ष मिनराज बास्ताकोटी लगायतले शुभकामना दिएका थिए ।

सो कार्यक्रममा विद्यार्थीहरुले चितवनका मौलिक संस्कृति झल्कने थारु लठ्ठी नाच र कौरा नाच प्रस्तुत गरेका थिए । विद्यालयका प्रशासनिक प्रमुख कंकलकुमार श्रेष्ठले स्मल हेभन स्कुल कल्याणपुरले विद्यार्थीलाई पढाउने मात्रै नभई खेलकुदमा समेत संलग्न गराएर अनुशासित बनाउनुका साथैं राष्ट्रका लागि दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको बताए ।

उनले हरेक बर्ष विद्यालयले खेलकुद सम्बन्धी विभिन्न गतिविधी गरेर जिल्लाभरका विद्यालयहरुलाई आमन्त्रण गर्ने परम्परालाई निरन्तरता दिँदै आएको बताए । विद्यालयले एथलेटिक्सका साथैं, लङ जम्प, सटपुट, बास्केटबल, कवर्दी लगायतका खेलकुद प्रतियोगिता आयोजना गरेको छ ।

विजेता खेलाडीलाई मानन्धरले बाँडे पदक

ओलम्पियन खेलाडी मानन्धरले विद्यालयमा आयोजना गरिएका विभिन्न प्रतियोगितामा विजेता बनेका विभिन्न खेलाडीलाई मेडल तथा प्रमाणपत्रले सम्मान गरेका गरेका छन् । विद्यालयले दिएको जानकारी अनुसार छात्र सटपुटमा अर्विट युनिक सेकेण्डरी विद्यालयका आरिफ आलम प्रथम, प्रज्ञा एकेडेमीका सुरज गुरूङ द्वितीय, पारिजात बोडिङ स्कुलका इशान नेपाली तृतीय भए ।

छात्रातर्फको लङजम्पमा ग्रिन सोसाइटी पब्लिक स्कुलकी साल्भा परियार प्रथम, गोल्डन फ्यूचर इग्लिस स्कुलकी सफलता खान द्वितीय र शिक्षा विकास विद्यालयकी युरसङ तामाङ तृतीय भए । छात्र लङजम्पमा स्मल हेभन स्कुलका रविन्सन थापा प्रथम, श्री जनप्रिय विद्यालयका निशान गुरुङ द्वितीय र लिटिल फ्लावर विद्यायका निशान तामाङ तृतीय भए ।

छात्रा सटपुटमा अर्विट युनिक विद्यालयकी प्रतिमा ढकाल प्रथम, श्रीजनप्रिय विद्यालयकी सिम्रन गुरूङ द्वितीय र बाल्मिकी शिक्षा सदनकी समिक्षा राना तृतीय भए । छात्र १५ सय मिटरको दौडमा स्मल हेभन स्कुलका उपास गुरूङ प्रथम, होलिभिजन विद्यालयका दिपदर्शन गुरूङ द्वितीय र श्रीजनप्रिय विद्यालयका आयुष चौधरी तृतीय भए । छात्रा १५ सय मिटरको दौडमा उषा इग्लिस विद्यालयकी दीपा बराइली प्रथम, मिलन इग्लिस बोडिङ स्कुलकी सालोमी मानन्धर द्वितीय र श्रीजनप्रिय विद्यालयकी प्रियंका तामाङ तृतीय भए ।

यस्तै, १ सय मिटर दौडमा छात्रतर्फ स्मल हेभन विद्यालयका रविन्सन थापा प्रथम, न्यू होराइजन विद्यालयका सनम गुरूङ द्वितीय र न्यू होराइजन एकेडेमीका सविन आले तृतिय भए । १ सय मिटर छात्रातर्फको दौडमा गोल्डन फ्यूचर एकेडेमीका सफलता खाँड प्रथम, प्रज्ञा एकेडमीकी निरूसा कुमाल द्वितीय र होलिभिजन एकेडेमीकी शिवानी पाण्डे तृतिय भए ।

४ सय मिटर दौडमा ग्रिनभिजन पब्लिक विद्यालयकी सिल्भा परियार प्रथम, होलिभिजन विद्यालयकी सजनी तामाङ द्वितीय र न्यूभिजन एकेडेमीकी आयुष्मा तामाङ तृतीय भए । यस्तैं, छात्र ४ सय मिटर दौडमा बाल्मिकी शिक्षा सदनका उत्सव राई प्रथम, सनसाइन स्कुलका स्वर्णीम थापामगर द्वितीय र न्यूभिजन एकेडेमीका प्रवेश तामाङ तृतीय भए ।

विहिबार ३ किमि सडक रोड रेस प्रतियोगितासहितका बाँकी खेलहरु खेलाइने विद्यालयका अतिरिक्त क्रियाकलाप कोअर्डिनेटर सुरेन्द्रकुमार बरालले जानकारी दिए । ३ किमि सडक रेसको उद्घाटन पनि ओलिम्पियन खेलाडी मानन्धरले गर्ने कार्यक्रम रहेको बरालले जानकारी दिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट