२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

जेनजी प्रदर्शनबारे जाँचबुझ आयोगले तत्कालीन काठमाडौंका प्रजिअ रिजालसँग लियो बयान

बिहिवार , मंसिर १८, २०८२

काठमाडौं । जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग बयान लिएको छ। मङ्सिर १७ र १८ मा सिंहदरबारस्थित आयोगको कार्यालयमा उनीसँग सोधपुछ गरिएको हो।

भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनका क्रममा रिजाल काठमाडौंको प्रमुख जिल्ला अधिकारी थिए। बानेश्वरमा किशोरहरूको ज्यान जानेगरी गोली चलाउन आदेश दिएको आरोपपछि उनलाई तीव्र आलोचना गरिएको थियो। आलोचनाका कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंको वेभसाइटबाट उनका फोटो समेत हटाइएको थियो।

आयोगका एक सदस्यका अनुसार रिजालसँग दुई दिनसम्म बयान लिइए पनि केही प्रश्न अझै बाँकी छन्। “छवि रिजालको बयान अन्तिम चरणमा छन्, शुक्रबार केही प्रश्नहरूको जवाफ दिन बोलाउनेछौँ,” उनले बताए।

यसअघि आयोगले सशस्त्र प्रहरीका कार्य विभाग प्रमुख नारायणदत्त पौडेल, प्रहरीका एआईजी सिद्धिविक्रम शाह, राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख हुतराज थापा, पूर्वमुख्यसचिव एकनारायण अर्यालसहित करिब १५० जनासँग सोधपुछ र बयान लिइसकेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट