२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

नीजि क्षेत्रलाई सुशासन र मानव अधिकारको पालना गर्न उद्योगमन्त्री सिंहा र अर्थमन्त्री खनालले दिए सुझाब

बिहिवार , मंसिर १८, २०८२

काठमाडौं। राष्ट्रिय व्यवसायिक पहल र यूएनडीपीको संयुक्त आयोजनामा “व्यवसाय र मानवअधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयन” विषयक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिँहाले केवल नैतिक विषय नभई अत्यावश्यक आर्थिक रणनीति भएकोमा जोड दिए। उनले निजी क्षेत्रलाई भ्रष्टाचार र राजनीतिक चन्दामा संलग्न नहुने, युवालाई रोजगारी दिनेसहित सामाजिक उत्तरदायित्व पालन गर्न आह्वान गरे।

अर्थमन्त्री रामेश्वर खनालले भने, “सरकारी प्रणालीमा प्रभाव जमाएर लाभ लिन खोज्ने निजी क्षेत्रका केही अभ्यासले जनमानसमा असन्तुष्टि उत्पन्न गरेको छ। निजी क्षेत्रले सुशासनको उदाहरण बन्न चुनौती छ।”

उद्घाटन सत्रमा अध्यक्ष कु शुकुमार जोशीले विश्वासको संकटको समाधान आफैंबाट सुधार सुरु गर्नुपर्ने बताए। कार्यक्रम दुई प्यानलमा विभाजित छलफलमा युवा पुस्तासँग संवाद र गुमेको सामाजिक विश्वास पुनर्निर्माणका उपायहरूमा केन्द्रित थियो।

समापन सत्रमा निजी क्षेत्रले आन्तरिक आत्मसमीक्षाबाट सुधार अभियान सुरु गर्ने र जिम्मेवार व्यवसाय अभ्यासलाई संस्थागत संस्कार बनाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा एनबिआई, यूएनडीपी, स्विस दूतावास, राष्ट्रिय मानवअधिकार आयोग, उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च, नागरिक समाज, प्राज्ञिक वर्ग, सञ्चारकर्मी तथा मानवअधिकार अभियन्ताहरूको सक्रिय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट