२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

विराटनगरमा भव्य रूपमा मनाइयाे लिम्बू समुदायको महत्वपूर्ण पर्व 'चासोक ताङ्नाम'

बिहिवार , मंसिर १८, २०८२

विराटनगर । लिम्बू समुदायको महत्वपूर्ण पर्व चासोक ताङ्नाम बुधबार विराटनगरमा विविध सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ।

लामो समयदेखि आफ्नो थातथलो छोडेर विराटनगर बस्दै आएका लिम्बू समुदायका सदस्यहरू किरात याक्थुङ चुम्लुङको प्राङ्गणमा भेला भई चासोक ताङ्नाम उत्साहपूर्वक मनाएका हुन्।

विराटनगर महानगर कमिटीद्वारा आयोजित कार्यक्रममा धान नाच, च्याब्रुङ नाचलगायतका मौलिक सांस्कृतिक प्रस्तुति गरिएको थियो।

नवागी खाने पर्वका रूपमा परिचित चासोक ताङ्नाममा स्थानीय लिम्बू समुदाय परम्परागत पोसाकमा सजिएर केलाङ (नाचगान) मा रमाएका थिए। विधिवत् रूपमा पितृ र कुलदेवतालाई सम्झी पूजा–अर्चना समेत गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले चाड–पर्वहरूले राष्ट्रिय एकता, राष्ट्रियता र स्वाधीनतालाई बलियो बनाउने उल्लेख गर्दै सांस्कृतिक विविधतै नेपालको वास्तविक शक्ति भएको बताए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट