२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

हेटौंडामा सडक विस्तार सुरू, सडक सीमाभित्रका ५३१ संरचना हटाउन डोजर परिचालन

शनिवार , मंसिर २०, २०८२

मकवानपुर । सडक डिभिजन हेटौंडाले शनिबार बिहान बजार क्षेत्रका संरचना भत्काउँदै सडक विस्तारको कार्य औपचारिक रूपमा सुरू गरेको छ। बाक्लो सुरक्षा व्यवस्थाका बीच स्थानीय प्रशासनको सहकार्यमा डिभिजनले बुद्धचोकस्थित घर भत्काउने कार्य अघि बढाएको हो।

डिभिजनका अनुसार एकैपटक बजारका कम्तिमा तीनदेखि चार स्थानमा डोजर चलाइँदै सडक सीमा भित्र परेका संरचना हटाउने कार्य तीव्र बनाइएको छ। महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्म २५/२५ गज (७५/७५ फिट) सडक चौडाइ कायम गर्ने लक्ष्यसहित संरचना हटाइँदैछ।

गत ५ मंसिरमा १५ दिने अल्टिमेटम जारी गर्दै सडक सीमाभित्रका घर–टहरा स्वतः हटाउन सूचना निकालेको डिभिजनले समय सीमा समाप्त भएपछि कारवाहीका रूपमा आजदेखि संरचना भत्काउन सुरू गरेको हो। सर्वोच्च अदालतको आदेशको आधारमा अघि बढाइएको विस्तार प्रक्रियालाई वर्षौँदेखि रोकिदै आएका विषय पुनः स्थिर रूपमा कार्यान्वयन गर्न लागेको अधिकारीहरूको भनाइ छ।

डिभिजनका अनुसार विस्तार क्षेत्रभित्र पर्ने करिब ८.५ किलोमिटर सडक खण्डमध्ये ५३१ संरचना हटाउनुपर्नेछ। सडक केन्द्रबिन्दुबाट दायाँतर्फ २३४ र बायाँतर्फ २९७ घर तथा टहरा भत्काइने विवरण सार्वजनिक गरिएको छ।

सडक विस्तारविरुद्ध प्रभावित घरधनी तथा व्यवसायीहरू क्षतिपूर्ति र पुनःस्थापना सुनिश्चित हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन्। उद्योग वाणिज्य संघले आन्दोलनमा औपचारिक सहभागिता नजनाउने बताएपनि अधिकांश प्रभावित पक्षले संरचना नहटाउने र प्रतिरोध गर्ने चेतावनी दिएका छन्। केही घरधनी भने तयारीसहित सामान सारेर घर भत्काउन तयार देखिएका छन्।

सडक विस्तारले हेटौंडा बजार क्षेत्रको यातायात सहजता र भौतिक पूर्वाधार विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको भए पनि क्षतिपूर्ति, पुनर्वास र व्यवस्थापनसम्बन्धी विवाद सतहमा उत्रिएपछि विस्तार कार्य कठोर चुनौती बीच अगाडि बढेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट