logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • भारतले चीनसँग भन्यो ‘हाम्रा नगारिकलाई चीन भ्रमण गर्न दिनु’

    भारतले चीनसँग भन्यो ‘हाम्रा नगारिकलाई चीन भ्रमण गर्न दिनु’

    5.1K
    Shares

    नयाँ दिल्ली/एएनआई । भारतले आफ्ना नागरिकहरुलाई चीन भ्रमणका लागि अनुमति दिन चीनलाई अनुरोध गरेको छ । भारतले चिनियाँ नागरिकहरुलाई भारत भ्रमण गर्न दिन पनि तयार रहेको समेत बिहीबार जानकारी दिएको छ ।

    दुबै तर्फबाट आवतजावत गर्ने वातावरणका लागि भारतले चीनलाई आग्रह गरेको समाचारमा जनाइएको छ । भारतको विदेश मामिला मन्त्रालयले भारतमा चिनियाँ नागरिकहरुलाई आवतजावत गर्न दिन भारत तयार रहेको स्पष्ट पारेको हो । 

    भारतले विषेश गरेर भारतमा कामका लागि र अध्ययनका लागि आउन चाहने चिनियाँहरूका लागि सहजै आवत जावत गर्न दिन चाहेको मन्त्रालयले उल्लेख गरेको छ । चीनले पनि काम तथा अध्ययनका लागि चीन आउन चाहने भारतीय नागरिकहरूलाई अनुमति दिन भारतसँग यसअघि नै आग्रह गरेको थियो । 

    बिहीबार भारतसमेतले आफ्ना नागरिकलाई चीन आउन दिन चीनसँग माग गरेपछि दुबै पक्षका लागि बाटो खुल्ने भएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend