logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • बेलायतले आफूसँग भएको अतिरिक्त दश करोड खोप गरिब देशहरुलाई अनुदानमा दिने

    बेलायतले आफूसँग भएको अतिरिक्त दश करोड खोप गरिब देशहरुलाई अनुदानमा दिने

    3.8K
    Shares

    एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यूकेले गरिब देशहरूलाई आगामी केही साताबाट खोपहरू उपलब्ध गराउने बताएका छन् । 

    धनी राष्ट्रहरूको समूह जी सेभेनको बैठकको पूर्व सन्ध्यामा उनले आफूलाई चाहिनेभन्दा बढी रहेका दश करोड खोप अर्को वर्षसम्म वितरण गरिने बताए।बिहीबार गरिएको घोषणामा खोप कसरी दिने भन्नेबारे केही विस्तृत खुलाइएको छ।

    यूकेले ५० लाख खोप सेप्टेम्बर महिनाको अन्त्यसम्ममा उपलब्ध गराइने भन्दै यसै वर्षको अन्त्यसम्ममा अर्को २ करोड ५० लाख खोप वितरण गरिने जनाएको बीबीसीमा उल्लेख छ । 

    बेलायतले दिन लागेको खोपमध्ये ८० प्रतिशत कोभ्याक्समार्फत् दिइनेछ भने बाँकी २० प्रतिशत खोप बेलायतले छानेका देशमा सोझै पठाइने छ।

    केही साताभित्र ५० लाख डोज गरिब मुलुकलाई दिँदा आफ्नो देशको खोप कार्यक्रमलाई असर नपर्ने बेलायतको विश्वास छ।

    बेलायती प्रधानमन्त्री जोनसनले आजदेखि सुरू हुने जी ७ मुलुकको शिखर सम्मेलनका क्रममा यी मुलुकले एक वर्षमा संसारभरि १ अर्ब डोज कोरोना खोप दिने निर्णय गर्ने अपेक्षा गरेका छन्। जी ७ मा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, अमेरिका र बेलायत छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend