२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

स्वास्थ्य बिमा सफल बनाउन सेवा प्रदायक र खरिदकर्ताको जिम्मेवारी सशक्त हुनुपर्छ : अध्यक्ष थापा

बुधवार , मंसिर २४, २०८२

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाले स्वास्थ्य बिमा सफल बनाउन सेवा प्रदायक र सेवा खरिदकर्ताको जिम्मेवारीलाई प्रष्ट र सशक्त बनाउनुपर्नेमा जोड दिएका छन् ।

‘स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस–२०२५’ को अवसरमा काठमाडौमा बोर्डले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष थापाले समाजिक स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य बिमा उपयुक्त विकल्प भएको र यसलाई सफल बनाउनुपर्नेमा जोड दिए ।

उनले भने, “स्वस्थ्य बिमा सफल पार्न सेवा प्रदायक र सेवा खरिदकर्ताको जिम्मेवारीलाई प्रस्ट र सशक्त पार्नु पर्दछ ।”

नेपालमा स्वास्थ्य सेवा लिन १०० रूपैंया जनताले खर्च गर्दा लगभग ५६ रूपैंया आफ्नो पकेटबाट गर्नु पर्ने बाध्यता रहेको उल्लेख गर्दै अध्यक्ष थापाले यसका कारण उल्लेख्य सङ्ख्यामा जनताहरू गरिबीको रेखामुनि जान बाध्य भएको बताए ।

अध्यक्ष थापाले औपचारिक क्षेत्रलाई पूर्णरूपमा स्वास्थ्य बिमामा ल्याउनुपर्ने, ऐनको पूर्ण कार्यान्वयन गर्नुपर्ने, स्वास्थ्य बिमाको स्थायी संरचना स्वीकृति गरी कार्यान्यन गर्नुपर्नेमा जोड दिए ।

सरकारबाट निःशुल्क स्वास्थ्य सेवा दिने घोषणा गर्दा बिमा बोर्डसँग छलफल गर्नुपर्ने र अन्य स्वास्थ्य बिमा र सुरक्षा योजनालाई पनि बिमा बोर्ड अन्तर्गत ल्याउनुपर्नेमा अध्यक्ष थापाले जोड दिए ।

स्वास्थ्यमा सर्वव्यापी पहुँच कसरी प्रत्याभुत कसरी गर्ने भन्ने विषयमा धनी र गरिब दुबै मुलुकहरूका लागि यक्ष प्रश्न रहेको बताए ।

उनले भने, “जबसम्म स्वास्थ्य सेवामा चाहिने बजेटलाई दायित्वको रुपमा लिइन्छ तबसम्म समावेशी सर्वव्यापी पहुँचको कुरा कागजका पानामा मात्र सीमित रहन्छन भन्ने कुरा तथ्य र तथ्याङ्क ले पुष्टि गरिरहेका छन् ।”

अध्यक्ष थापाले सरकार र समाजले स्वास्थ्यमा लगानीको बहसलाई एकिकृत रुपमा लैजानु पर्ने उल्लेख गरे ।

लगानीको कुरा गरिरहँदा सेवाको गुणस्तरको कुरालाई प्राथमिकतामा राख्नुपर्ने र यसका लागि सीपयुक्त र प्रतिबद्ध स्वास्थ्य जनशक्तिको खाँचो भएको अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ