काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्यले २ महिनाअघिको रेकर्ड तोडेको हो ।
जस अनुसार सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ तोकेको छ । यसअघि असोज ३१ गते सुनको भाउले २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो ।
अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला २ हजार २ सय रुपैयाँ बढेको हो ।
आज चाँदीको भाउ भने घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ९०५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको चाँदी आज ८० रुपैयाँ घटेको हो । आज प्रतितोला ३ हजार ८२५ रुपैयाँ मूल्य तय भएको छ ।
प्रतिक्रिया दिनुहोस