२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, तोलामै २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्यमा पनि वृद्धि

सोमवार , मंसिर २९, २०८२

काठमाडौं । सोमबार सुनको मूल्य तोलामा २ लाख ६० हजार रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य २ लाख ६० हजार ७०० रुपैयाँ पुगेको हो ।

जबकि अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ५८ हजार ८०० रुपैयाँ थियो ।

यस्तै चाँदीको मूल्यले पनि उचाइ लिएको छ । आइतबार तोलामा ३ हजार ८३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा ३ हजार ८७० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले स्थानीय बजारमा पनि बढेको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट