काठमाडौं । सोमबार हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएको सुन मंगलबार केही मात्रामा घटेको छ ।
अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ७ सय रुपैयाँले मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आजको सुनको भाउ प्रतितोला २ लाख ५९ हजार रुपैयाँ कायम छ । अघिल्लो दिन २ लाख ६० हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ८७० रुपैयाँ रहेको चाँदी आज ३ हजार ८८५ रुपैयाँ तय भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस