२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

म्याद थप गर्न जाँचबुझ आयोगको सरकारसँग आग्रह, अर्को साता पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीसँग बयान

बुधवार , पौष २, २०८२

काठमाडौं । भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले एक महिना म्याद थप गर्न सरकारसँग आग्रह गरेको छ ।

बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्दै आयोगका पदाधिकारीहरुले जाँचबुझ आयोगको म्याद थप गर्न आग्रह गरेको हो । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा गठित जाँचबुझ आयोगको म्याद सकिन लाग्दा बयान लिने क्रम नै जारी रहेको भन्दै म्याद थप गर्न आग्रह गरेको हो ।

जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आयोगलाई काम गर्न केहि समय अपुग भएकाले एक महिना थप गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेको जानकारी दिए । जवाफमा प्रधानमन्त्री कार्कीले समय थप गर्ने जानकारी गराएको उनले बताए ।

त्यस्तै कार्कीले अर्को साता पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्री लगाएत राजनीतिक दलका नेताहरुलाई बयानमा बोलाउने तयारी भएको उल्लेख गरे ।

जाँचबुझ आयोगले जेनजी घटनाका सम्बन्धमा सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिइसकेको छ । असोज ५ गते तीन महिनाको म्यादसहित गठन भएको आयोगले असोज ९ गतेदेखि कार्यप्रारम्भ गरेको थियो । आयोगको म्याद यहि पुस ९ गते सकिदैछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ