२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

चितवनमा रवी र कुलमानः रवीले रास्वपा र कुलमानले उज्यालो नेपाल पार्टीको कार्यक्रममा सम्बोधन गर्ने

शनिवार , पौष ५, २०८२

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज चितवनको भरतपुर महानगरपालिका–चौबिसकोटीमा आयोजना हुने पार्टी कार्यक्रममा सहभागी हुने भएका छन्।

पार्टी प्रवक्ता मनिष झाकाका अनुसार सभापति लामिछानेले बिहान ११ बजे हुने कार्यक्रममा छोटो र विशेष सम्बोधन गर्नेछन्। कार्यक्रमपछि उनी दिउँसो काठमाडौं फर्केर जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूलाई भेट्ने कार्यक्रम सुरु गर्नेछन्।

झाकाले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्ः भोलि दिउँसो ३ बजे सभापति लामिछानेलाई पार्टी केन्द्रीय कार्यालय, बनस्थलीस्थित घण्टी घरमा स्वागत कार्यक्रम हुनेछ।

आजै उज्जालो नेपाल पार्टीले आज चितवनमा आफ्नो पहिलो जिल्ला भेला आयोजना गर्दैछ। भेलालाई प्रमुख अतिथिका रुपमा उर्जा, जलस्रोत, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

कार्यक्रम भरतपुरको केन्द्रीय बसटर्मिनल नजिकैको होटलमा हुने छ। यस अवसरमा पार्टीका केन्द्रीय सदस्य सिता पाण्डे, रिमा विश्वकर्मा र बागमती प्रदेश संयोजक प्रविन तामाङले पनि सहभागिहरुलाई सम्बोधन गर्नेछन्।

भेलामा जिल्लाका विभिन्न क्षेत्रबाट सहभागीहरु आउने अपेक्षा गरिएको छ। पार्टीले भेला मार्फत तर्दथ समिति गठन गर्ने र त्यसपछि जिल्ला समितिलाई औपचारिक मान्यता दिने योजना बनाएको छ। साथै, भरतपुर महानगरपालिका सहित ७ वटै पालिकामा पार्टीले कमिटीहरु गठन गर्ने तयारीमा छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट