२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

पूर्वप्रधानमन्त्री भट्टराई भारत भ्रमणमा जाँदै, आईआईटी बम्बै र नयाँदिल्लीमा सम्बोधन

आइतवार , पौष ६, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आज भारत भ्रमणमा जाँदैछन् । जेनजी आन्दोलनलगत्तै प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछि यो उनको पहिलो औपचारिक भारत भ्रमण हो।

भ्रमण क्रममा उनी भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरुसँग भेटवार्ता गर्ने कार्यक्रममा सहभागी हुनेछन्। स्वकीय सचिव रेखी गुरुङका अनुसार, भट्टराई आईआइटी बम्बैमा टेक फेस्ट र नयाँदिल्लीको इन्डिया इन्टरनेसनल सेन्टरमा सम्बोधन गर्नेछन्।

उनी पुस ९ गते नेपाल फर्कने तालिका अनुसार यात्रा सम्पन्न हुने छ। स्वकीय सचिवालयले जारी गरेको प्रेस नोटमा यस भ्रमणले नेपाल–भारतबीचको आपसी समझदारी, मित्रता र लोकतान्त्रिक सम्वादलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट