२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

केन्द्रीय समिति बैठकबारे रास्वपा आन्तरिक छलफलमा, रविलाई ३ बजे स्वागत गरिने

आइतवार , पौष ६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक बोलाउने विषयमा आन्तरिक छलफलमा जुटेको छ। सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि जेलमा रहेका सभापति रवि लामिछाने शुक्रबार धरौटीमा रिहा भएपछि पार्टीले बैठक सम्बन्धी गृहकार्य सुरु गरेको हो।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशअनुसार धरौटीमा रिहा भएका लामिछाने हिजो चितवनमा समर्थक र शुभचिन्तकलाई सम्बोधन गरी काठमाडौँ फर्किसकेका छन्।

पार्टीले उनलाई दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा स्वागत कार्यक्रम राखेको छ। तर केन्द्रीय समिति बैठक बोलाउने वा नबोलाउने विषयमा अहिलेसम्म निर्णय नभएको कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जानकारी दिएका छन्।

उनले भने, “केन्द्रीय समिति बैठक बोलाउने सम्बन्धमा महामन्त्रीसँग कुराकानी भइरहेको छ। निर्णय भएमा जानकारी गराइनेछ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट