२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

आइतवार , पौष ६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । केन्द्रीय समितिको बैठक अपराह्न ४ बजेका लागि तय गरिएको छ ।

शुक्रबार रिहा भएका सभापति रवि लामिछाने पनि पार्टी गतिविधिमा सक्रिय भएका छन् । आज बैठकमा सभापति लामिछानेले सम्बोधन गर्ने छन् ।

बैठकअघि पार्टी नेता कार्यकर्ताले सभापति लामिछानेलाई पार्टी कार्यालयमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।

शुक्रबार रिहा भएका सभापति लामिछानेले शनिबार चितवनको सभा सकेर काठमाडौं फर्केर जेनजी आन्दोलनमा सहिद भएका परिवारलाई भेटेका थिए । सहकारी ठगी प्रकरणमा जेल चलान भएपछि डोलप्रसाद अर्याल रास्वपाको कार्यवाहक सभापति थिए । शुक्रबार लामिछाने रिहा भएलगत्तै रास्वपाले उनी पार्टी गतिविधिमा पूर्ववत् अवस्थामै सक्रिय हुने जानकारीसमेत गराएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार