२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

कांग्रेसका ६६ निवर्तमान सांसदले गरे संसद् पुनर्स्थापनाको पक्षमा हस्ताक्षर, क-कसले गरेनन् ?

आइतवार , पौष ६, २०८२

काठमाडौँ । विघटित प्रतिनिधिसभा पुनस्थापनाको माग पक्षमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६६ जना निवर्तमान सांसदले हस्ताक्षर गरेका छन् ।

यद्यपि, पार्टीका शीर्ष तहका नेताले भने पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेका छैनन् । एमालेका ७५ र कांग्रेसका ६६ निवर्तमान सांसदले पुर्नस्थापनाको पक्षमा हस्ताक्षर गरेका हुन्।

कांग्रेसको विघटित प्रतिनिधिसभाको एक सांसदका अनुसार शीर्ष तहका नेता बाहेकका ६६ सांसदले पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेका हुन् । कांग्रेसका ८ निवर्तमान सांसदले मंसिर २३ गते नै प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरिसकेका छन् । कांग्रेसले सोही रिटमा पक्ष कायम गर्न माग गर्दै थप ५८ निवर्तमान सांसदहरूलाई छुट्टाछुट्टै हस्ताक्षर गराएको हो।

कांग्रेस संसदीय दल स्रोतका अनुसार सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, र डा. शेखर कोइरालासहितका नेताले पुनर्स्थापना हुनुपर्छ भन्नेमा हस्ताक्षर गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार