२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

एमालेका त्रिलोकी यादवलाई हराउँदै मधेशको सभामुखमा रामअशिष यादव निर्वाचित

आइतवार , पौष ६, २०८२

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन् । मधेस प्रदेश सभामा रिक्त सभामुख चयनका लागि आइतबार निर्वाचन भएको थियो ।

निर्वाचनमा सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार यादवले ७२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । विपक्षमा भने नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसाद यादवको पक्षमा २४ मत परेको छ । आज सदनमा जम्मा ९६ सांसद उपस्थित थिए ।

सभामुखमा निर्वाचित यादव धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित सांसद हुन् । मधेशमा निवर्तमान सभामुख रामचन्द्र मण्डल मंसिर ३ गते पदमुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार