२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

मुलुकमा शान्ति र स्थिरताका लागि निर्वाचन तोकिएकै समयमा हुन्छ, चुनावको तयारी गर्नुस् : प्रधानमन्त्री कार्की

आइतवार , पौष ६, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्नेमा जोड दिएकी छन् ।

आइतबार सिंहदरबारमा इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ नेम्बाङ नेतृत्वको प्रतिनिधिमण्डलसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले वर्तमान सरकार चुनाव गराउनैका लागि आएकाले अब कुनै दुविधा नराखी चुनावको तयारी गर्न आग्रह समेत गरिन् । उनले शान्ति स्थापना र कानुनको शासन बहालीमा सफलता मिलेको बताइन् ।

प्रधानमन्त्री कार्कीले अब मुलुकको नेतृत्व गर्न युवाहरु अग्रसर हुनुपर्ने उल्लेख गरिन् । नेम्बाङले इलाममा बाढीपहिरोका कारण क्षतिग्रस्ता राजमार्ग र पुल पुनःनिर्माणमा तदारुकता देखाउनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्री कार्कीले हालै भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले स्थलगत अवलोकन निरीक्षण गरी फर्किएको र यस विषयमा सरकार गम्भीर रहेको जानकारी दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार