काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले आज निवर्तमान १४१ सांसदको हस्ताक्षर लिएर प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालत जाने भएका छन्।
विघटित प्रतिनिधिसभाका प्रमुख दुई दल र जेन–जी आन्दोलनअघिको गठबन्धन सरकारका साझेदार कांग्रेस–एमालेले बहुमत सांसदको समर्थन लिएर संयुक्त रूपमा पुनर्स्थापनाको माग पेश गर्न लागेका हुन्।
अघिल्लो रिटमा एमाले संस्थागत रूपमा र कांग्रेसका ८ जना सांसदले व्यक्तिगत रूपमा रिट दर्ता गरेका थिए। आइतबार कांग्रेसका ८८ सांसदमध्ये ६६ ले हस्ताक्षर गरेका छन्। यसमा सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र नेता शेखर कोइरालासहित केही सांसदहरू सहभागी छैनन्।
कांग्रेस–एमालेले संसद पुनर्स्थापनाको माग अघि बढाएको निर्णय, केही समयअघि सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता पश्चात भएको हो।
प्रतिक्रिया दिनुहोस