२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

रवि–बालेन नजिकिँदै, मध्यरातको भेटपछि असिम साह भन्छन्ः ‘कथाको सुखद सुरुवात भएको छ’

मंगलवार , पौष ८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहबीच मध्यरातमा भएको भेटवार्ता सकारात्मक भएको उनीहरू निकट नेताहरूले बताएका छन्।

गएराति असिम साहको म्युजिक कम्पनी ‘जी–२१’ को कार्यालयमा रवि र बालेनबीच भेट भएको हो। भेटपछि दुवै जना एउटै गाडीमा निस्किएको बताइएको छ।

भेटवार्तामा सहभागी असिम साहका अनुसार छलफल सौहार्दपूर्ण वातावरणमा भएको थियो र मिलेर अघि बढ्नुपर्ने विषयमा कुराकानी केन्द्रित थियो। यद्यपि भेटमा भएका ठोस विषयहरू सार्वजनिक गरिएका छैनन्। तर यस भेटले एकताको सन्देश दिएको उनीहरू निकट नेताहरूको भनाइ छ।

भेटको संयोजन गरेका रास्वपा नेता असिम साहले सञ्चारकर्मीसँग भने, “बालेन र रवि मिलेर अघि बढ्नुपर्छ भन्ने देशको माग हो। त्यसको सुखद सुरुवात भएको छ। सन्देश स्पष्ट छ—दुवै जना मिलेर अब अगाडि बढ्ने हो।”

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पनि प्रतिक्रिया जनाउँदै लेखेका छन्, “अन्ततः कथाको सुखद सुरुवात भएको छ। रवि र बालेन दुई दाजु–भाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। सबै नेपालीलाई बधाई।”

सहकारीको रकम हिनामिनाको आरोपमा लामो समय कारागारमा बसेपछि गत शुक्रबार धरौटीमा रिहा भएका रवि लामिछाने पछिल्ला दिनहरूमा विभिन्न राजनीतिक भेटघाट र पार्टी गतिविधिमा सक्रिय देखिएका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट