२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

स्टार्ट अप जिरो टु हिरो अन्तर्गत चार आईडिया छनोट

बुधवार , पौष १६, २०८२

विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा संचालन भईरहेको विराट एक्स्पोकै सन्दर्भमा आयोजित थिमेटिक सेसनमा प्रस्तुत भएमध्ये चार उत्कृष्ट आईडिया छनोटमा परेका छन् ।

संघले संचालन गरेको बुट क्याम्पबाट छनोट भएका अन्तिम १५ बाट छानिएका १३ मध्ये चार वटालाई निर्णायकले उत्कृष्ट ठहर गरेका हुन् । छनोट भएका उनीहरुले अब आईडिया स्टुडियो सिजन ९ मा सिधा प्रवेश पाएका छन् ।

संघले आह्वान गरेपछि कोशी प्रदेशका विभिन्न जिल्लाका १० जिल्लाबाट ५२ आईडिया दर्ता भएको र क्याम्पमा सहभागी भई अन्तिम १५ छनोट गरिएको जनाएको छ।

विराट एक्स्पो स्थलमा दैनिक आयोजना भईरहेको थिमेटिक सेसनकै क्रममा आईडिया पिच गरेका मध्ये विष्णु पोखरेल, जीवन कुसवाहा, भिजन प्रताप खत्री र आयुष आचार्यले पिच गरेका आईडिया उत्कृष्ट ठहर गरिएका हुन् ।

उनीहरुको आइडियालाई उद्यमशीलता विकाससँगै व्यवसायमा रुपान्तरण गर्न संघले समन्वकारी भूमिका निर्वाह गर्ने अध्यक्ष अनुपम राठीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट