२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

भरतपुर पर्यटनका लागि अथाह सम्भावनाको क्षेत्र तर पर्याप्त प्रचार गर्नबाट चुक्यौँ : अध्यक्ष ढकाल

शुक्रवार , पौष १८, २०८२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले भरतपुर पर्यटनका लागि अथाह सम्भावनाको क्षेत्र भएपनि पर्याप्त रुपमा यहाँका स्थानहरुलाई प्रचार गर्न नसकिएको बताएका छन् ।

सुनौलो नेपालले आज भरतपुरको होटल सिराइचुलीमा आयोजना गरेको ‘भरतपुर कन्क्लेभ’ मा उनले यस्तो बताएका हुन् । कार्यक्रम अन्तर्गत भरतपुरको पर्यटन विकास प्यानलका प्यानलिस्ट रहेका उनले भारतको कुम्भ मेलाको उदाहरण दिँदै नारायणी, देवघाट जस्तो धार्मिक पर्यटनको अथाह सम्भावना बोकेको स्थानबारे विश्वव्यापी प्रचार गर्न नसकिएको उनले दुखेसो गरे । ‘हामीसँग भएका स्रोत साधनको उपयोग गर्न सकेका छैनौँ, सुनको कचौरामा मागिरहेका छौँ ।’ उनले भने ।

कुनै पनि व्यवसायीले लगानी गर्दा व्यक्ति विशेषका लागि मात्र नभई आम जनता र देशकै पक्षमा हो भन्ने मानसिकताको विकास गर्नुपर्ने पनि उनले बताए । रोजगारी सिर्जना गर्ने देखि राज्यलाई बुझाउने करमार्फत व्यवसायीले पुर्याउने योगदानको बारेमा सबैलाई बुझाइनुपर्नेमा उनको जोड थियो ।

भरतपुरको पर्यटन विकासमा सहयोग पुग्ने गरेर लगानी गर्दै हुनुहन्छ ? भन्ने सहजकर्ता समा थापाको प्रश्नमा अध्यक्ष ढकालले नारायणीको तिरमा पर्यटन पूर्वाधार निर्माण गर्ने वर्क वाउट भएको तर पछिल्लो समय पर्यटन पूर्वाधार बनाउनु, लगानी गर्नु, रोजगारी सिर्जना गर्नु र कर तिर्नु गलत काम हो कि भन्ने अनुभूति भएको गुनासो गरे ।

कार्यक्रमको दोस्रो प्यानलमा अध्यक्ष ढकालसहित, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र पर्यटन विज्ञ डा. विश्वराज सुवेदी सहभागी थिए । तीन प्यानलिस्टलाई पत्रकार समा थापाले सहजीकरण गरेकी हुन् ।

सुनौलो नेपालले भरतपुर महानगरपालिकाको सहकार्यमा आज चितवनको भरतपुरमा ‘भरतपुर कन्क्लेभ’ को आयोजना गरेको हो । भरतपुरस्थित होटल सिराइचुलीमा भएको उक्त कार्यक्रम भरतपुरको विकास मोडल, पर्यटन प्रवर्द्धन र मेडिकल हबका रूपमा यसको भविष्यका सम्भावनामा केन्द्रित रहेको छ । तीन वटा प्यानलमा विभाजित कार्यक्रममा भरतपुरको विकास मोडल, पर्यटन प्रवर्द्धन र मेडिकल हबका रूपमा यसको भविष्यका सम्भावनामा केन्द्रित रहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट