काठमाडौं । नविल बैंकका सिईओ मनोज ज्ञवालीले चितवनको भरतपुरमा सम्भावना नै सम्भावना रहेको बताएका छन् ।
शुक्रबार सुनौलो नेपालले चितवनको भरतपुरमा आयोजना गरेको भरतपुर कन्क्लेभ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘देशभरीमा २७ वटा पाँचतारे होटल छन् भने चितवनमा छ वटा छ, बैंक वित्तीय संस्थाको संख्या पनि भरपुर महानगरपालिकामा मात्रै पचास भन्दा बढी साखाहरु छन् । सम्भावना नभएको भए व्यवसाय पनि आउँदैन । बैंकर पनि आउँदैन । त्यसैले भरतपुरमा अथाह सम्भावना देख्छु ।’
साथै सिईओ ज्ञवालीले भरतपुरमा धेरै सम्भावना रहेको भन्दै कनेक्टिभिटी बढाउन सके अझै राम्रो हुने बताए ।
प्रतिक्रिया दिनुहोस