२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सहज रुपमा व्यवसाय गर्ने वातावरण नभएसम्म आर्थिक गतिविधि थप चलायमान हुँदैन : अध्यक्ष ढकाल

शनिवार , पौष १९, २०८२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सहज रुपमा व्यवसाय गर्ने वातावरण नभएसम्म आर्थिक गतिविधि थप चलायमान नहुने बताएका छन् ।

शनिबार चितवनमा आयोजित उद्योग बाणिज्य संघ चितवनको ५९ औं साधारण सभामा ढकालले अझै पनि उद्योग व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण राम्रो नभएको भन्दै सहज रुपमा व्यवसाय गर्ने वातावरण नभएसम्म आर्थिक गतिविधि थप चलायमान नहुने बताएका हुन् ।

जेनजी आन्दोलनका क्रममा निजि क्षेत्रमाथि निकै ठूलो आक्रमण भएकाले त्यसमा संलग्नलाई कारवाहीको दायरामा नल्याएसम्म आगामी दिनमा यस्ता घटना घट्न सक्ने उनले बताए । अध्यक्ष ढकालले निजि क्षेत्रको उद्योग प्रतिष्ठानमा आक्रमण हुन नदिने प्रतिवद्धता प्रधानमन्त्री सुशीला कार्कीले जनाएकाले यस क्षेत्रलाई आवश्यक सुरक्षा दिने काम सरकारले गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा उद्योग बाणिज्य सघ चितवनका अध्यक्ष सुमन श्रेष्ठले संघले उद्योगी व्यवसायीहरुको हकहितका लागि निरन्तर क्रियाशिल भएर काम गरेको बताए । साथै उनले उद्योगी व्यवसायीहरुको बिभिन्न समस्या समाधान गर्न संघले स्थानीय, प्रदेश र संघ सरकारको ध्यानाकर्षण गराएको जानकारी दिए ।

कार्यक्रममा बिभिन्न क्षेत्रमा योगदान पुर्याने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । साधारणसभाले आगामी दुई बर्षका लािग नयाँ कार्यसमिति समेत चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट