२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

गोरखा–१ बाट चुनाव लड्ने सुदन गुरुङको घोषणा

शुक्रवार , पौष २५, २०८२

काठमाडौं । जेनजी अगुवा तथा ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले आगामी प्रतिनिधिसभा चुनावमा गोरखाको क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिने घोषणा गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत गुरुङले आफ्नो उम्मेदवारीको घोषणा गरेका हुन् ।

कुनै पार्टीबाट वा स्वतन्त्र लड्ने भन्नेबारे भने उनले स्पष्ट पारेका छैनन् ।

उनले भनेका छन्, ‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु । आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरूवात । नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल ।’

उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच एकता गर्ने काममा भूमिका खेलेका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट