२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

कांग्रेसभित्र हलचलः विशेष महाधिवेशनअघि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

शनिवार , पौष २६, २०८२

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरेको छ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार बिहान सूचना जारी गर्दै केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको जानकारी दिएका हुन्। बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातवटै प्रदेशका सभापतिहरूलाई अनिवार्य रूपमा सहभागी हुन निर्देशन दिइएको छ।

कांग्रेसको नियमित महाधिवेशन घोषित मितिमा हुन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका छन्। विशेष महाधिवेशन भोलि र पर्सी काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ।

यद्यपि कांग्रेसको संस्थापन पक्ष भने विशेष महाधिवेशनको विपक्षमा रहेको छ। विशेष महाधिवेशनको अघिल्लो दिन पार्टीले आकस्मिक रूपमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट