२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु

शनिवार , पौष २६, २०८२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको दोस्रो बैठक ललितपुरमा सुरु भएको छ ।

पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको यो दोस्रो पूर्ण बैठक हो । बैठकको आरम्भमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम, पार्टीले खेलेको भूमिका, आमनिर्वाचन तथा त्यसको तयारीका विषयमा सम्बोधन गर्ने केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए ।

संशोधित विधान बमोजिम पार्टीको विनियमावली संशोधन, महाधिवेशनको आय–व्यय, पछिल्ला सचिवालय बैठकका निर्णय अनुमोदन र विविध कार्यसूची रहेका छन् ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक यही पुस ४ गते काठमाडौँमा सम्पन्न भएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट