२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

उज्यालो नेपाल पार्टीको अध्यक्षमा कुलमान घिसिङ नियुक्त

शनिवार , पौष २६, २०८२

काठमाडौं । उज्यालो नेपाल पार्टीले अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पार्टी एकतामा कुरा नमिलेपछि उज्यालो नेपाल पार्टीले केहीबेरमा पत्रकार सम्मेलन गर्ने भएको छ ।

विगतमा गरेको सहमति कार्यान्वयन र पूरक सम्झौताबाट रास्वपा पछि हटेपछि दुई पार्टीबीचको सहकार्य टुङ्गिएको हो ।

त्यस्तै, कुलमान उनेपाको अध्यक्षमा नियुक्त भएको औपचारिक घोषणा गर्न आज पार्टीले पत्रकार सम्मेलन गर्ने भएको छ ।

निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा अध्यक्ष अनुप उपाध्याय बनाएर दर्ता गरिएको थियो । उज्यालो नेपालको केन्द्रीय समिति बैठक आज शनिबार ४ बजे बस्दैछ । त्यसपछि ६ बजे पत्रकार सम्मेलन हुनेछ ।

यसअघि कुलमानलाई उपसभापति सहित दोस्रो वरीयताको नेता बनाउने गरी रास्वपासँग एकता गर्ने उज्यालो नेपालको सहमति भएको थियो । त्यसपछि रास्वपा सभापति रवि लामिछाने र घिसिङबीच निरन्तर छलफल भए पनि कुरा नमिल्दा एकता भङ्ग भएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट