२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

निर्वाचनका लागि निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरण सुनिश्चित हुनुपर्छ : अध्यक्ष ओली

शनिवार , पौष २६, २०८२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट आफ्नो पार्टी कहिल्यै नभाग्ने उल्लेख गर्दै निर्वाचनका लागि निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन् ।

सो पार्टीको केन्द्रीय कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको वातावरण बनाउन सरकार सफल हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले मुलुक निर्वाचनमा जाने विषयमा पार्टी स्पष्ट रहेको उल्लेख गर्दै त्यसका लागि एमाले सधैँ तयारी अवस्थामा रहेको धारणा राखे । केन्द्रीय कमिटी बैठकले सिङ्गो पार्टी पङ्क्तिलाई निर्वाचनका लागि सधैँ तम्तयार रहन र आवश्यक तयारीलाई तीव्रता दिन आह्वान गरेको उनले जानकारी दिए ।

अध्यक्ष ओलीले नेकपा (एमाले) का तर्फबाट तोकिएकै समयमा समानुपातिक सूची निर्वाचन आयोगमा बुझाइ सकिएको जानकारी दिए । पार्टीमा उम्मेदवार बन्न योग्य, समेट्नुपर्ने र भूमिका खेल्न सक्ने व्यक्तिहरू धेरै भए पनि तोकिएको ११० को सीमा, समावेशी क्लस्टर संरचना र भौगोलिक सन्तुलनका कारण सबै पक्ष पूर्णरूपमा समेट्न कठिन भएको उनले स्वीकार गरे ।

अध्यक्ष ओलीले पार्टी नेतृत्वले सिफारिस प्रक्रियाको विश्वसनीयता कायम राख्दै सबै पक्षलाई ध्यानमा राखेर उम्मेदवारको अन्तिम निर्णय गर्ने स्पष्ट पारे ।

निर्णय भइसकेपछि आकांक्षीहरूसहित सिङ्गो पार्टी पङ्क्ति एकताबद्ध, दृढ सङ्कल्पित र उच्च मनोबलका साथ निर्वाचन अभियानमा होमिनुपर्ने उनको जोड थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट