२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

रास्वपासँगको एकतामा साधारण सदस्य मात्रै बन्छु भनेको थिए, कुनै पद मागेको थिइनँ : कुलमान घिसिङ

शनिवार , पौष २६, २०८२

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकतामा जाँदा पार्टी सभापति र प्रधानमन्त्री मध्ये कुनै पनि पद नमागेको बताएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन् ।

रास्वपासँगको एकता प्रक्रिया भाँडिएपछि अध्यक्ष घिसिङले आफूहरूलाई १२ दिनसम्म अल्झाएर धोका भएको भन्दै पीडा व्यक्त गरेका छन् ।

उनले रास्वपाले आफ्ना कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराएको र अन्ततः एकता भंग गरेको बताए ।

त्यस्तै, बाहिर आफूले प्रधानमन्त्री र पार्टी सभापति मागियो भनेर आएको कुरामा ‍सत्यता नभएको उनले बताए । उनले आफूले पार्टीका केही सदस्यहरूलाई सहभागी गराउन भनेको बताए ।

साथै, रास्वपामा आफूले पार्टीको साधारण सदस्य मात्रै बन्छु भनेर भनेको पनि उनले बताए ।

उनले आफूले आजै उज्यालो नेपाल पार्टीको सदस्यता लिएको र आजै बसेको केन्द्रीय कमिटीको बैठकबाट अध्यक्षमा चयन भएको बताए ।

आगामी दिनमा उज्यालो नेपाल पार्टीलाई देशव्यापी रुपमा प्रभावकारी रुपमा अगाडि बढाउने उनले बताए ।

साथै, उनले उनेपा–रास्वपासँग भएको सहमति भंग भएको घोषणा गर्दै अब पार्टी चिम चुनाव चिन्ह लिएर प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुने जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट