२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

उद्यमशिलता र अन्तरजिल्ला ब्यापार सञ्जाल निर्माणमा कोशी कनेक्ट मिशन सफल

मंगलवार , माघ ६, २०८२

विराटनगर । औद्योगिक विकास, क्षेत्रीय सहकार्य तथा व्यवसाय व्यवसायबीचको आपसी सहकार्य अभिवृद्धि गरी ब्यावसायीक सम्वन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ उद्योग संगठन मोरङले सञ्चालन गरेको तीन दिने ‘कोशी कनेक्ट’ व्यावसायिक मिशन सम्पन्न भएको छ ।

माघ २ गते, शुक्रवार कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले एक कार्यक्रम बीच संगठनको प्रतिनिधि मण्डललाई विदाई गरेका छन् ।

त्यस्तै संगठनको प्रतिनिधि मण्डलले त्रियुगा उद्योग वाणिज्य संघका प्रतिनिधि र उदयपुरका व्यवसायीका साथ बैठक गरी उदयपुरमा उत्पादन हुने वस्तुलाई प्रशोधन उद्योगमार्फत मूल्य अभिवृद्धि गरी किसान र उद्यमी दुवैलाई लाभ पुर्याउने विषयमा छलफल भएको संगठनका अध्यक्ष नन्दकिशोर राठीले बताए । उनले उदयपुरमा उद्योग क्लस्टर विकास गर्नका साथै निजी क्षेत्रको लगानी र ज्ञान भित्र्याउन संगठन र संघले आगामी दिनमा संयूक्त रुपमा पहल गर्ने स्पष्ट पारे ।

भ्रमणको दोश्रो दिन माघ ३ गते खोटाङ उद्योग वाणिज्य संघका प्रतिनिधि र स्थानीय व्यवसायीसंगको बि२बि बैठकमा खोटाङ धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको दृष्टिले होटल, होमस्टे विकासमा सहकार्यकोसम्भावनाका विषयमा छलफल भएको अध्यक्ष राठीले बताए । उनले खोटाङका उत्पादनर वितरण प्रणालीलाई मजबुत बनाउनका साथै स्थानीय व्यवसायलाई प्रतिस्पर्धी र दिगो बनाउने विषयमा छलफल केन्द्रित भएको जानकारी दिए ।

त्यसैगरी भ्रमणको अन्तिम दिन माघ ४ गते भोजपुर उद्योग वाणिज्य संघका प्रतिनिधिहरुका साथ आपसी व्यापारलाई सुदृढ बनाउने, स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने, पहाड र तराईलाई साझा विकासको दिशातर्फ अघि बढाउने विषयमाछलफल भएको संगठनले जनाएको छ । कोशी कनेक्ट व्यावसायिक मिशनले अन्तरजिल्ला व्यापारिक सञ्जाल तथा साझेदारी स्थापना, लगानी र व्यापारका अवसरको पहिचान तथा प्रवद्र्धनका सन्दर्भमा तीनै स्थानका उद्यमीहरुका साथ आपसी सहकार्यका विविध आयामहरूका बारेमा नया सम्भावना उजागर गरेको संगठनले जनाएको छ ।

ब्यवसायीक अभियानका अवधिमा स्वदेशी उत्पादनको बजार विस्तार, बिटुबी प्लेटफर्ममार्फत व्यवसायिक सहकार्य, उद्यमशीलता र नवप्रवर्तन प्रवद्र्धन तथा आर्थिक एजेन्डामा साझा धारणा निर्माणका विषयमा सहमति र समझदारी विकसित संगठनका महानिर्देशक चुडामणि भट्टराईले बताए ।

तीन दिन ब्यावसायीक मिशन भ्रमणमा संगठनका निवर्तमान अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्ष सुरेन्द्र गोल्छा, विपिन कावरा, सुवोध कोईराला, कोषाध्यक्ष पारस लुनिया लगायत कार्यसमिति सदस्यहरू सौरभ सारडा, विरेन्द्र राठी, दिपक अग्रवाल, सिद्धार्थ कावरा, उकेश अग्रवाल, उद्यमी निर्मल कोचर, महिला उद्यमी प्रतिभा पौडेल निरौला, साबित्रा ढकाल, विमला थापा, मयुषा, युवा उद्यमी रोमन कट्टेल, सागर राज ढुंगानाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट