२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

प्रचण्डलाई झलनाथको चेतावनीः एकीकरण नसकिँदै नेकपा बिश्रृंखलातर्फ जान सक्छ

सोमवार , माघ १२, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिन्धुलीमा बागी उम्मेदवारलाई साथ दिएको आरोपमा कारबाहीमा परेका नेता हरिबोल गजुरेलको पक्षमा धारणा सार्वजनिक गर्दै पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीलाई संस्थागत रूपमा सञ्चालन गर्न अपिल गरेका छन्। उनले यसो नगरे पार्टी एकीकरण प्रक्रिया पूरा नहुँदै बिश्रृखलातर्फ जान सक्ने खतरा रहेको चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गर्दै खनालले एकाध व्यक्तिको इच्छाअनुसार महत्वपूर्ण निर्णयहरू लिन थालिनु गम्भीर विषय भएको बताएका छन्। उनले वरिष्ठ नेता गजुरेललाई स्पष्टीकरण दिने अवसरसमेत नदिई पार्टीबाट निष्कासनजस्तो कठोर कारबाही गर्नु, विभिन्न घटकबाट आएका नेताहरूलाई संस्थागत रूपमा जानकारी नदिइनु तथा निर्णयहरू सञ्चार माध्यमबाट मात्र सार्वजनिक हुनु आश्चर्यजनक रहेको उल्लेख गरेका छन्।

खनालले आमनिर्वाचन २०८२ नजिकिँदै गएको, मुलुकविरुद्ध भित्री तथा बाहिरी प्रतिक्रियावादी शक्तिहरू सक्रिय रहेको र यस्तो अवस्थामा देशभक्त, लोकतान्त्रिक र प्रगतिशील कम्युनिष्ट शक्तिहरूबीच दरो एकता आवश्यक रहेको बताएका छन्। तर एकीकरण घोषणा भएको लामो समय बितिसक्दा पनि नेकपाभित्र नेतृत्वदायी कमिटी गठन भई संस्थागत निर्णय प्रक्रिया विकास हुन नसकेको उनको भनाइ छ।

उनले नेकपालाई सच्चा कम्युनिष्ट पार्टीका रूपमा स्थापित गर्न गजुरेलमाथि गरिएको कारबाही तत्काल स्थगित गर्न, नेतृत्वदायी तहका नेताहरूको आकस्मिक बैठक बोलाउन र घटनाक्रमबारे पार्टीभित्र गम्भीर तथा खुला छलफल गर्न माग गरेका छन्। साथै पार्टीभित्र अधिनायकवादी शैली त्यागी सामूहिक निर्णय र सामूहिक नेतृत्व प्रणाली लागू गर्न संयोजक प्रचण्डसँग आग्रह गरेका छन्।

खनालले चेतावनी दिँदै भनेका छन्, “यी विषयमा गम्भीर ध्यान नदिइए पार्टी एकीकरण सम्पन्न नहुँदै नेकपा बिश्रृखलातर्फ जाने खतरा बढ्नेछ, जसबाट पार्टीलाई जोगाउन कठिन हुनेछ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट