२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

आत्मसमिक्षासहित बृहत कम्युनिष्ट एकतामा सामेल हुन विप्लवलाई प्रचण्डको आग्रह

बुधवार , माघ १४, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आत्मसमिक्षासहित बृहत कम्युनिष्ट एकतामा सामेल हुन विप्लवलाई आग्रह गरेका छन् ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा ⁠विप्लव नेतृत्वको पार्टीबाट विद्रोह गरेका नेताहरुलाई नेकपामा समायोजन गराउँदै प्रचण्डले कम्युनिष्ट एकतामा सामेल नभए पछिसम्म पश्चाताप हुने भन्दै आत्मसमिक्षासहित बृहत एकतामा सामेल हुन विप्लवलाई आग्रह गरेका हुन् । उनले समाजवादी मोर्चामा हुँदा विप्लवलाई पनि एकतामा ल्याउने प्रयास अन्तिम चरणमा पुगेको तर जेनजी आन्दोलनपछि विप्लवको नेतृत्व बैचारिक अन्यौलको भूमरीमा हराएको तर्क गरे ।

कुनै आवेगमा नभइ राष्ट्रको असाधारण परिस्थीतिमा कम्युनिष्ट आन्दोलनका घटकहरुलाई एकता गरेर शक्ति आर्जनको प्रयास गरेको भन्दै प्रचण्डले अहिले विप्लवले उक्त मौका गुमाएको धारणा राखे । अझै पनि विप्लवप्रति आफुहरुको कुनै आक्रोश नभएको र आत्मसमिक्षासहित आए स्वागत गर्न तयार रहेको उनको भनाइ छ ।

प्रचण्डले अहिले देश असहज परिस्थीतिमा रहेकाले एकताबद्ध भएर देशव्यापी अभियानमा जान नसके देश अर्को दुर्घटनामा जान सक्ने भएकाले एकतामा जोड दिइएको बताए ।

त्यस्तैगरी उनले अन्य कम्युनिष्ट घटकहरुलाई समेत एकतामा सामेल हुन आह्वान गरे । कार्यक्रममा विप्लव नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य एवम विद्यार्थी संगठनका पूर्वअध्यक्ष चिरञ्जीवी ढकाल लगाएतका नेताहरुलाई नेकपामा प्रवेश गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट