२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ्ग एपमा लाइभ मार्केट सुविधा उपलव्ध

बुधवार , माघ १४, २०८२

काठमाडौं । ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ्ग एप ग्लोबल स्मार्ट प्लसमा सेयर बजारको कारोबारहरुको जानकारी पाइने भएको छ ।

बैंकको लाइभ मार्केट सुविधामा ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरुले सेकेन्डरी बजारमा कारोबार भएको सेयरको सम्पूर्ण जानकारी पाउनेछन् । जस्तै, लाइभ मार्केटको जानकारी, नेप्से कारोबारको सारांश, टप गेनर, टप टनओभर, पोर्टफोलियो, वाचलिष्ट, क्यालकुलेटर, स्टक कम्प्यारिजन, ब्रोकर लिस्टको जानकारीसहित लगानीको अवसरहरु समेत जानकारी प्रदान गर्ने बैंकले जनएको छ ।

बैंकका अनुसार यस लाइभ मार्केट सुविधाअन्तर्गत ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरुले दोश्रो बजारको जानकारी लिनको साथै, ग्राहकहरुले आफ्नो व्यक्तिगत शेयर लगानी ट्र्याक गर्न सक्नेछन् । जहाँ ग्राहकहरुले खरिद मुल्य र कित्ता संख्या प्रविष्ट गर्न सक्छन् । यस आधारमा प्रणालीको हालको बजार मुल्य अनुसार कुल लगानीको वर्तमान मुल्य तथा नाफा वा घाटाको रियल टाइम गणनाको जानकारी गर्दछ ।

त्यस्तै, क्यालकुलेटरको प्रयोगले ग्लोबल स्मार्ट प्लस प्रयोगकर्तालाई शेयर किन्ने वा बेच्ने क्रममा सही हिसाव किताब गर्न सहयोग गर्ने बैंकले जनाएको छ । उक्त क्यालकुलेटरको सहयोगले लगानीको योजना मद्दत गर्दछ ।

त्यस्तै, वाचलिष्ट सुविधाले लगानीकर्ताहरुलाई लगानीको निर्णय लिनु अघि मुल्य परिवर्तन र मार्केट ट्रेन्ड निगरानी गर्नका लागि आफ्ना मनपर्ने शेयरहरुको व्यक्तिगत सूची (वाचलिष्ट) बनाउने सुविधा रहेको छ ।

स्कट कम्प्यारिजनको सुविधाले लगानीकर्ताहरुलाई शेयरको विश्लेषणका लागि मुल्य ट्रेन्ड र अन्य सूचकहरुका आधारमा लगानी गर्न तुलानात्मक जानकारी सहितको सुचना उपलब्ध गराउने बैंकले जनाएको छ ।

यो सुविधासँगै बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले ग्लोबल स्मार्ट प्लसमा दोश्रो बजारको सम्पूर्ण जानकारी पाउन सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ