माठमाडौं । ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ्ग एप ग्लोबल स्मार्ट प्लसबाट विभिन्न बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
जसअन्तर्गत रकमान्तर, क्यूआर भुक्तानी, दैनिक उपभोग्य सेवाहरुको शुल्क भुक्तानी जस्ता विभिन्न सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
साथै, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई थप सेवा प्रदान गर्न बैंकले मोबाईल बैंकिङ्ग एपबाटै आइपीओ भर्न मिल्ने व्यवस्था गरेको छ । ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरुले आइपीओको आवेदन दिन अरु माध्यम प्रयोग गर्दै आईरहेकोमा अबउप्रान्त बैंकको मोबाईल बैंकिङ्गबाटै आवदेन दिन सकिने बैंकले जनाएको छ ।
बैंकका अनुसार आइपीओ म्यानेजमेन्जमा गई बैंकका ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले सजिलैसंग आफ्नो डिम्याट नम्बर प्रविष्ट गरेपश्चात् सिआरएन नम्बर तुरन्तै प्राप्त गर्ने सक्नेछन् । तत्पश्चात ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले सहजरुपमा आवेदन खुल्ला भएको आइपीओमा आवेदन दिन सक्नेछन् ।
साथै, ग्लोबल स्मार्ट प्रयोगकर्ताहरुलाई बैंकले कुनै कम्पनीको आइपीओ आवेदन खुल्ला हुँदा मोबाईल बैंकिङ्गबाट जानकारी समेत प्रदान गर्ने जनाएको छ ।
साथै, यस सेवाले बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले सहज रुपमा आइपीओ आवेदन दिन सक्नेछन् र आईपीओ आवेदन खुल्ला भएको जानकारी समेत पाउने बैंकको भनाई छ ।
यस सेवाको सुरुवातसँगै, ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले आइपीओ आवेदनको लागि अन्य माध्यम प्रयोग गर्न नपर्ने बैंकले जनाएको छ ।
https://sunaulonepal.com/content/401014/
प्रतिक्रिया दिनुहोस