२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

प्रधानमन्त्री कार्की र नर्वेली राजदूत ड्याग्नी मियोसको शिष्टाचार भेट

बुधवार , माघ १४, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नर्वेली राजदूत ड्याग्नी मियोसले शिष्टाचार भेट गरेकी छन् ।

बुधबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको भेटमा दुईपक्षीय आपसी हितका विषयमा कुराकानी भएको थियो ।

उक्त अवसरमा राजदूत मियोसले नेपालका प्रथम महिला प्रधानमन्त्रीका रुपमा कार्कीलाई पाउँदा खुसी व्यक्त गर्दै उनको नेतृत्वमा आगामी निर्वाचन निर्बाध सम्पन्न हुने विश्वास व्यक्त गरिन् । साथै नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण, जलवायु, दिगो विकास लगायत क्षेत्रमा नर्वेले सघाउँदै आएको स्मरण गराउँदै उनले आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस्तै प्रधानमन्त्री कार्कीले पनि असामान्य परिस्थितिमा आफू सरकारमा आउनुपरेको तर अब विस्तारै मुलुक सामान्य अवस्थामा फर्किँदै चुनावमा होमिएको बताइन् । नर्वेसहित अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त विश्वास र समर्थनका लागि उनले धन्यवाद पनि दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट