काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता अग्नि सापकोटाले विगतका कुरालाई चैँ थाती राखेर निर्वाचनमा केन्द्रीत हुन आग्रह गरेका छन् ।
प्रेस सेन्टर नेपालको २२ औं स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सापकोटाले पार्टीभित्र नमिलेका कुरा मिलाउनुपर्ने र बहस गर्नुपर्ने धेरै कुराहरु रहेपनि त्यसलाई थाती राखेर निर्वाचनमा केन्द्रीत हुन आग्रह गरेका हुन् ।
उनले सार्वभौमसत्ता र आत्मनिर्णयको अधिकार स्थापीत गर्नका लागि अहिले पार्टीको सम्पूर्ण अर्जुनदृष्टि फागुन २१ मा लगाउनुपर्नेमा जोड दिए । नेता सापकोटाले अहिले वामपन्थीहरूलाई सिद्धयाउने योजना बनिरहेकाले नेपाली कम्युनिस्ट पार्टीलाई थप एकताबद्ध बनाउदै अघि बढाइएको धारणा राखे । उनले नेकपाको लोकप्रियता निकै बढ्दै गएको दावी गर्दै अन्य प्रियताबाद एकदिन पानीको फोका झैँ फुट्ने उल्लेख गरे ।
सापकोटाले कम्युनिष्ट दलहरुप्रति फैलाइएको भ्रमलाई व्यवस्थित ढंगले चिर्नुपर्ने समेत बताए ।
प्रतिक्रिया दिनुहोस