२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

बालेनले भनेः व्यवस्था फेरिए पनि सत्ताको चरित्र फेरिएन, शहीदको बलिदान बेवास्ता गर्न मिल्दैन

शुक्रवार , माघ १६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने अधिकार कसैलाई पनि नभएको बताएका छन् । शहीद दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राणा शासनको अन्त्यका लागि सङ्घर्ष गर्ने गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई तत्कालीन राज्यले क्रूरतापूर्वक हत्या गरेको ८५ वर्ष पूरा भएको उल्लेख गरेका छन् । त्यसको एक दशकपछि राणा शासन अन्त्य भए पनि राज्य जनताको बन्न नसकेको उनको टिप्पणी छ । उनले भनेका छन्, “त्यसपछि पनि नेपाली जनताले निरन्तर सङ्घर्ष गर्नुपर्‍यो । ८५ वर्षमा पटक–पटक व्यवस्था फेरिए, तर सत्ताको चरित्र फेरिएन।”

शाहले भदौ महिनामा भएको ‘जेनजी आन्दोलन’मा सुशासन र भ्रष्टाचार अन्त्यको माग गर्दै शान्तिपूर्ण रूपमा आन्दोलनमा उत्रिएका युवा तथा विद्यार्थीले फेरि पनि आफ्नो अमूल्य जीवन बलिदान दिनुपरेको उल्लेख गरेका छन् । उनका अनुसार अहिले ती शहीदहरूले देखाएका सपना पूरा गर्ने मार्गमा अघि बढ्ने समय आएको छ ।

लामो समयदेखि जरा गाडेको भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना गर्दै नेपाललाई आर्थिक रूपमा समृद्ध मुलुक बनाउनु सबैको दायित्व भएको उनले बताएका छन् । साथै राज्यका निकायमा रहेको चरम दलीयकरण अन्त्य गर्दै राज्यलाई जवाफदेही र पारदर्शी बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

फेरि कसैले शहीद बन्नु नपरोस् भन्ने कामना गर्दै शाहले सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट