२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

संसद् पुनःस्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न अध्यक्ष ओलीको माग

शनिवार , माघ १७, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनःस्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न माग गरेका छन् ।

एमाले ओखलढुंगा काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको चुनावी भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संवैधानिक सङ्कटमा देश फसेको बेलामा मौन बस्दा अदालतको औचित्यमाथि नै प्रश्न उठ्ने भन्दै संसद् पुनःस्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न माग गरेका हुन् । आफुहरुले संसद बिघटन गरेर संविधान मिचिएको भनिरहेको अवस्थामा सर्वोच्च अदालत चुपचाप लागेर कानमा तेल हालेर बस्न नमिल्ने उनले बताए ।

उनले संसद् पुनःस्थापनाको मुद्दाबारे अदालतले जस्तो आदेश गरेपनि त्यसलाई स्वीकार गरिने स्पष्ट पारे ।

त्यस्तै अध्यक्ष ओलीले सरकार तटस्थ रहेर भयरहित वातावरणमा, शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनुपर्ने बताए । कसैलाई जिताउने वा हराउने खेलमा सरकार लागे त्यस्तो निर्वाचन र परिणाम स्वीकार्य नहुने उनले स्पष्ट पारे ।

उनले सरकारले जे गर्दा पनि हुन्छ भन्ने सोच्यो भने त्यो देश र सरकारकै लागि पनि अनिष्ट हुने चेतावनी दिए । फागुन २१ गते निर्वाचनको मिति तय गरिएपनि हिमाली भेगमा निर्वाचन गराउन कठिन रहेको उनले बताए । फरक प्रसंगमा अध्यक्ष ओलीले झापा–५ मा आफूसँग प्रतिष्पर्धा गर्ने भनेर लागेकाहरुसँग कुनै सङ्गठन, नीति कार्यक्रम, उद्देश्य केही नभएको तर्क गरे ।

आफ्ना प्रतिष्पर्धीलाई बतासे अन्डाको संज्ञा दिँदै ओलीले बतासे अन्डाबाट चल्ला ननिस्कने टिप्पणी गरे । ओलीले उनीहरुले नै आगजनी र तोडफोडलाई क्रान्ति भनेर महिमा मण्डन गरेको र पुराना दलहरुलाई बिभिन्न आरोप लगाउने गरेको बताए । उनले देश बनाउने शक्ति एमालेमात्रै रहेको र यसपटकको निर्वाचनमा जनताले आफुहरुलाई सफल बनाउने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट